राजनीति

सातै प्रदेशमा सभा गर्ने समाजवादी मोर्चाको निर्णय

समाजवादी मोर्चाले यही भदौ ८ गतेदेखि सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको छ। आज बिहान नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको उक्त मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।

उनका अनुसार बैठकले यही भदौ ८ गते मधेस प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनी प्रदेशको बुटवलमा, १३ गते सुदूपश्चिम प्रदेशको धनगढीमा, १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, १५ गते गण्डकी प्रदेशको पोखरामा, २३ गते बागमती प्रदेशको हेटौँडामा तथा २५ गते कोशी प्रदेशको विराटनगरमा सभा गर्ने निर्णय गरेको छ।

सोही घोषणासभाबाट प्रदेश मोर्चाको गठन गरिने निर्णय भएको उपाध्यक्ष हमालले बताए। यसैगरीे बैठकमा सरकारको कामको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमलगायतका सरकारले थालेको भ्रष्टाचारविरूद्धको अभियानलाई समर्थन गर्नेलगायतका विषयमा छलफल भएको जनाइएको छ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र विप्लव नेतृत्वको नेकपा आबद्ध छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर