न्याय

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ जारी

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरूद्ध संसदीय सुनुवाइ समितिमा परेको उजुरीमाथि सुनुवाइ थालेको छ।

सोमबार श्रेष्ठविरूद्ध उजुरी गर्ने उजुरीकर्ता र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई समितिमा झिकाएर सुनुवाइ भइरहेको छ।

अनुवादक तथा अधिवक्तासमेत रहेका एसके तिमिल्सिनालाई समितिमै झिकाएर श्रेष्ठमाथि गरेको उजुरीउपर सुनुवाइ र छलफल गरिएको छ।

सुनुवाइ समितिमा उपस्थित उजुरीकर्ता तिमिल्सिनाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐनको दफा ३ मा उल्लेख भएअनुसार कार्यविधिको पालना गर्नुपर्ने भनिए पनि उक्त ऐनको कार्यविधिविपरीत प्रधानन्याधीशको सिफारिस भएको धारणा समितिमा राखेका छन्।

सार्वजनिक पद धारण गर्ने व्यक्तिले कार्यविधि मिचेर जान नहुने र सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्तो व्यक्ति संविधानसम्मत हुनुपर्ने उनको भनाइ छ।

उनले सुनुवाइ समितिमा भने, ‘कानूनी शासन अवलम्बन गर्ने हो भने अहिलेको प्रस्तावित प्रधानन्यायाधीश गैरकानूनी र गैरसंवैधानिक हो। त्यसकारणले गर्दा यो सुनुवाइ समितिले कानूनको शासनको पालनाको लागि महत्त्वपूर्ण भूमिका खेलोस् भन्ने मेरो विनम्र अनुरोध छ।’

उजुरीकर्ता तिमिल्सिनाले सिफारिस प्रधान्यायाधीशको नियुक्ति भए त्यो गैरसंवैधानिक र अख्तियारको दुरूपयोग हुने भन्दै श्रेष्ठविरूद्ध उजुरी हालेका थिए।

प्रधानन्यायाधीशको नियुक्ति कार्यविधि मिचेर गर्न नहुने भन्दै उनले उजुरी गरेका हुन्।

समितिले आजै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ सक्ने तयारी गरेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *