नेपाल-भारत साहित्य महोत्सव : ‘नेपाल में हिंदी’ विमोचन

बीपी कोइराला फाउण्डेशनको सहयोगमा प्रकाशित हिन्दी पुस्तक ‘नेपाल में हिंदी’ विमोचन भएको छ।

काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल-भारत पुस्तकालयमा ‘नेपाल-भारत साहित्य महोत्सव’ अन्तर्गत आयाेजना गरेकाे पुस्तक विमोचन तथा छलफल कार्यक्रममा सो पुस्तक विमोचन गरिएको हो।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालले पुस्तक विमोचन गरेका हुन्।

कार्यक्रममा नेपालका वरिष्ठ कविद्वय स्नेह सायमी र राजेन्द्र शलभको नेपालीबाट हिन्दीमा अनुदित कविता संग्रह ‘उजाले के रंग’ र स्नेह सायमीको नेपाली कविता संग्रह ‘चश्मा र आँखाको वार्ता’ बारे चर्चा भएको थियो।

सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयकी हिन्दी प्राध्यापक डा. श्वेता दीप्ति, प्रतिष्ठित कवि विधान आचार्य र वरिष्ठ साहित्यकार डा. रामदयाल राकेशले आ-आफ्नो विचार राखे।

सम्बोधनका क्रममा पूर्वन्यायाधीश गिरीशचन्द्र लालले नेपाल र भारतबीचको सदियौं पुरानो सम्बन्धमा साझा संस्कृति तथा दुवै देशको भाषाको महत्त्वबारे प्रकाश पारे।

कार्यक्रममा धेरै संख्यामा लेखक, शिक्षक, भाषाविद् तथा साहित्यप्रेमीको उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर