नापी कार्यालय लहानका अमिन घुससहित पक्राउ

सिरहाको लहानस्थित नापी कार्यालयका अमिन दीपरञ्जन यादव घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले उनलाई सेवाग्राहीबाट लिएको १० हजार रूपैयाँ घुससहित बुधबार कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो।

अख्तियारको केन्द्रीय कार्यालय, टंगालका प्रवक्ता भोला दाहालका अनुसार जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस माग गरेको सूचना एवं उजरी निवदेनका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर