गिरिबन्धु टी स्टेटको जग्गाका विषयमा छानबिन जरूरी छैन : ओली

'स्तरहीन मान्छेले मलाई सुन तस्करी प्रकरणमा जोड्न खोजे'

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरिबन्धु टी स्टेटको जग्गाका विषयमा छानबिन गर्न जरूरी नभएको बताएका छन्।

बुधबार संसद भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले गिरिबन्धु टी स्टेटको करिब २८० बिघा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निर्णय रहेको र त्यसैलाई अहिले कानून बनाएको भन्दै छानबिन गर्न जरूरी नभएको बताए। तर, गर्न मन लागे छानबिन गर्न सुझाव उनले दिए।

उनले भने, ‘झापाको चिया बगानमा सहमति छ। अनियमितता कहाँबाट केको लागि? बिना कारण जग्गा दिएको होइन, त्यो सत्ताले त्यतिबेला गरेको र अहिले त्यसैको आधारमा कानून बनाइदिएका छौं। अरू केही होइन। छानबिनन जरूरी छैन। तर, गर्न मन लागे गरे हुन्छ।’

अध्यक्ष ओलीले आफूलाई स्तरहीन मान्छेहरूले सुन तस्करी प्रकरणमा जोड्ने प्रयास गरेको भन्दै भने, ‘त्यस्ता खालका स्तरहीन मानिससँग जोडेर मलाई प्रश्न नगर्नुहोस्।’

अध्यक्ष ओलीले सुन तस्करी सधैंका लागि अन्त्य गर्न र निष्पक्ष छानबिन गर्न सरकार तयार नभएकै कारण लामो समय सदन अवरूद्ध भए पनि अन्ततः सम्झौता गर्नुपरेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर