उपत्यका प्रहरी प्रमुखमा एआईजी थापालाई स्वागत, ज्ञवालीको बिदाइ

काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखका रूपमा प्रहरी प्रधान कार्यालयको प्रशासन विभागबाट सरूवा भएर आएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई स्वागत गरिएको छ।

कार्यालयमा शनिवार आयोजित एक कार्यक्रममा एआईजी थापालाई स्वागत गरिएको हो।

यस्तै यसअघि सो कार्यालयको प्रमुख रही प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरूवा भएका एआईजी श्यामलाल ज्ञवालीको बिदाइसमेत गरिएको हो।

मन्त्रिपरिषदको साउन ३० गतेको बैठकले पाँच जना एआईजीको सरूवाको निर्णय गरेको थियो।

थापा र ज्ञवालीसँगै एआईजीहरू मीरा चौधरी, टेकप्रसाद राई र सन्दीप भण्डारीको सरूवा भएको हो।

कार्य विभागमा कार्यरत एआईजी मीरा चौधरीको प्रशासन विभगमा सरूवा भएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी टेकप्रसाद राईको मानवस्रोत विकास विभागमा सरूवा भएको छ।

मानवस्रोतमा कार्यरत एआईजी सन्दीप भण्डारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरूवा भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *