आन्तरिक विषयलाई लिएर कसैलाई ताली बजाउने अवसर दिनु हुन्न : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेशमा भएका समस्यालाई हेरेर बस्नेहरूलाई ताली बजाउने मौका दिन नहुने बताएका छन्।

आइतवार विराटनगरमा कोशी प्रदेश संगठन कमिटीको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले एमालेसँग लड्न आउनेको सिङ निकाल्ने तर आपसमा लडेर बस्न नहुने बताए।

‘हामीले आफ्नो सिंङ निकाल्नुपर्छ। हाम्रो सिङ भाँचिने, हामी लड्ने, दाजुभाइ-दाजुभाइ लड्ने अनि दर्शक भएर बस्नेहरू चाँहि ताली बजाउने त्यो स्थिति आउन दिनुहुँदैन।। हामीले मिलेर विकास गर्नुपर्छ,’ उनले भने।

गठबन्धनले पहिचानको नाममा राजनीति गर्न खोजेको बताउँदै सबै जातजाति मधेसी, दलित, थारू, लिम्बूवान, किरात, शेर्पा सबैले न्याय पाउनुपर्ने उनको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर