भेपमा सुन तस्करी प्रकरण

माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

विद्युतीय सिगरेट (भेप) मा सुन तस्करी प्रकरणमा नाम जोडिएका नेकपा (माओवादी) केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको ब्यूरो उच्च स्रोतले पुष्टि गर्‍याे। पक्राउ पुर्जी जारी भएपछि राहुल फरार थिए।

पक्राउ परेका राहुलले भने सामाजिक सञ्चाल फेसबुकमार्फत अनुसन्धानमा सहजीकरण गर्नका लागि आफैं सीआईबीमा उपस्थित हुन लागेको जानकारी गराएका थिए। उनले आफूले केही नबिराएकाले नडराउने बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्र्याउने चिनियाँ तस्करसँग पटक-पटक कुराकानी गरेको देखिएपछि महरा बाबु-छोरा पनि सुन तस्करीमा संलग्न रहेको आरोप लागेको छ। यद्यपि प्रहरीले नेता महरालाई भने पक्राउ गरेको छैन।

०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराले टेलिफोन सम्पर्क गरेको देखिएको थियो।

तर, नेता महराले भने ती व्यक्तिलाई आफूले फलफूल व्यापारीको रूपमा चिनेको बताएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर