बलिउड अभिनेत्री दिव्या दत्ता काठमाडाैंमा

त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौ-कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आएकी छन्।

उनी मुम्बई इन्डिगोको विमानमार्फत बिहीबार दिउँसो २:२० बजे नेपाल अवतरण गरेकी हुन्।

उनी महोत्सवअन्तर्गतका विभिन्न छलफल तथा गोष्ठी (सेसन) मा सहभागी हुने आयोजक समितिका सदस्य तथा नाट्यकर्मी राज शाहले जानकारी दिए।

‘अभिनेत्री दत्ताले साहित्यसँगै चलचित्रको विषयमा हुने छलफलमा सहभागिता जनाउनुहुनेछ,’ उनले भने, ‘उहाँ भदौ १८ मा भारत फर्किने तालिका रहेको छ।’

अभिनेत्री दत्ताले अभिनेत्री मनीषा कोइरालासँग एउटै मञ्चमा ‘दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यता’ बारे अन्तर्क्रिया गर्ने कार्यतालिका रहेको शाहले बताए।

भदौ १५ गते (शुक्रबार) देखि सुरू हुने साहित्य महोत्सवमा नेपालसहित भारत, भुटान, बंगलादेश र श्रीलंकाका लेखक तथा कलाकार भेला हुँदैछन्।

यस अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा-प्रतिष्ठान, नेपाल र कलिङ लिटरेरी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुन लागेको हो।

अभिनेत्री दिव्याले ‘यू मी और हम’, ‘अपने’, ‘उमराव जान’, ‘कहानी गुडिया की’, ‘दुबई रिटर्न’, ‘नेताजी सुभाष चन्द्र बोस’, ‘वीर-जारा’ लगायत चलचित्रमा अभिनय गरेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर