अमेरिकी सिनेटर होलेन नेपालमा, परराष्ट्रमन्त्री साउदसँग भेटवार्ता

अमेरिकी सिनेटर क्रिस भान होलेन नेपाल भ्रमणमा आएका छन्।

अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार काठमाडौं आइपुगेका हुन्।

नेपाल भ्रमणको पहिलो दिन उनले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका छन्।

मन्त्री साउद र सिनेटर होलेनबीच दुई देशको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले बताएको छ।

सिनेटर होलेनले काठमाडौं रहँदा अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी राजदूतावासले बताएको छ।

साथै नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि पनि प्रकाश पार्ने राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर