प्रधानमन्त्री दाहाल र अमेरिकी सिनेटर होलेनबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवर्ता गरेका छन्। शुक्रबार उनले बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन्।

उक्त भेटमा नेपाल-अमेरिका सहयोगलगायत आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार नै काठमाडौं आइपुगेका हुन्। उनले यसअघि परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरिसकेका छन्।

सिनेटर होलेनले काठमाडौं रहँदा अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी राजदूतावासले बताएको छ।

साथै नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि पनि प्रकाश पार्ने राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर