भारतबाट नेपाल भित्रिँदै गरेको ४४ लाख रूपैयाँसहित दुई जना पक्राउ

सिरहामा स्रोत नखुलेको ४४ लाख रूपैयाँ रकमसहित दुई जना पक्राउ परेका छन्।

प्रहरीले भारतबाट नेपाल आउँदै कार चेकजाँच गर्ने क्रममा सो रकम बरामद भएको हो।

कार चालक सिरहा नगरपालिका वडा नं. १७ माडर बस्ने ५२ वर्षीय प्रेमकुमार यादव र कारमा सवार सोही नगरपालिका वडा नं. ७, हेमनारायण चोक बस्ने ४२ वर्षीय सञ्जयकुमार साह सो रकमसहित पक्राउ परेका हुन्।

शुक्रवार सिरहा नगरपालिका वडा नं. १७, माडर काली चोकमा गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना र इलाका प्रहरी कार्यालय माडरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

टोदीले भारतको जयनगरबाट नेपालतर्फ आउँदै गरेको बीआर७सी ४२२४ नम्बरको हुण्डाई स्यान्ट्रो कारलाई रोकेर चेकजाँच गरेको थियो।

सो क्रममा कारको आगाडिको सिटमुनिको भागमा घर्रा जडान गरी घर्राभित्र कालो प्लास्टिकमा लुकाईछिपाई ल्याएको सो रकम बरामद भएको हो।

रकम र कारसहित पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, सिरहाबाट थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरी बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *