स्वास्थ्यमन्त्री बस्नेत र चिनियाँ राजदूतबीच भेटवार्ता

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले भेटवार्ता गरेका छन्।

स्वास्थ्य मन्त्रालयमा आइतबार भएको भेटमा नेपाल र चीनबीचको सम्बन्ध र सहयोग आदानप्रदानबारे छलफल भएको छ।

भेटमा मन्त्री बस्नेतले चीन सरकारले भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पताल बनाउन, सिभिल हस्पिटलको सुधार गर्न र कोभिडको समयमा आवश्यक उपकरणहरू उपलब्ध गराएकोमा प्रशंसा गरेका छन्।

उनले चीन सरकारको यस्तो सहयोगले नेपालमा क्यान्सर जस्तो रोकको उपचारमा मद्दत पुगेको बताए।

भेटमा चिनियाँ राजदूत सोङले चीन नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक सहयोगका लागि तयार रहेको बताए।

नेपालमा सिभिल अस्पताललगायत अन्य अस्पतालको भौतिक पूर्वाधार निर्माण तथा सञ्चालनमा आवश्यक सहयोग गरेको राजदूत सोङले स्मरण गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर