लम्पी स्किन रोग नियन्त्रणमा आएको छ : मन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले  गाईभैँसीमा महामारीका रुपमा देखिएको लम्पी स्किन रोग नियन्त्रणमा आएको बताएका छन् । सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले गाईवस्तुमा ठूलो सङ्क्रमणका रुपमा देखिएको लम्पी रोग पछिल्ला दिनमा घट्ने क्रममा रहेको जानकारी दिए ।

सरकारले लम्पी स्किन रोगको उपचार र रोकथामका लागि सम्भव भएसम्मका सम्पूर्ण प्रयास गरेको जनाउँदै मन्त्री भुसालले  रोग नियन्त्रणका लागि जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरी लगाउने व्यवस्था गरिएको जानकारी दिए ।

अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएकामा नौ लाख १९ हजार चार सय १६ पशुलाई लगाई सकिएको सो अवसरमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा उपचारपछि निको हुने सङ्ख्या बढ्दै गएको  र बिरामी भएका १५ लाख १९ हजार सात सय ७९ मध्ये १३ लाख ९३ हजार पाँच सय ९५ निको भएको तथ्याङ्क प्रस्तुत गरियो । मन्त्रालयका अनुसार, अहिले मुलुकका विभिन्न जिल्लामा अझै ७३ हजार ६ सय ३६ पशु बिरामी अवस्थामा रहेका छन् ।

महामारीका रुपमा रहेको लम्पी स्किनबाट ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भइसकेको छ । उक्त रोगबाट पशुको मृत्यु भएर क्षति व्यहोर्नुपरेका किसानलाई राहत उपलब्ध गराउन मापदण्ड तयार गरी सहमतिका लागि अर्थ र गृह मन्त्रालयमा पठाइएकामा अब छिट्टै निर्णय हुने मन्त्री भुसालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर