सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष र दुई कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा

सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

सोलार बत्ती जडानलगायतका योजनाको रकम भुक्तानीका क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष यादव र गाउँपालिकाका दुई जना कर्मचारीविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अख्तियारको इटहरी कार्यालयको टोलीले विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्रकुमार यादवलाई सेवाग्राहीबाट घुसबापत लिएको २ लाख रूपैयाँ नगद र ३ लाख रूपैयाँको चेकसहित गत साउन ३१ गते पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा यस कार्यमा गाउँपालिका अध्यक्षको पनि मिलमतो देखिएकाले उनीविरूद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

अख्तियारका अनुसार तीनै जनाविरूद्ध ५ लाख रूपैयाँ बिगो कायम गरी कैद सजाय र बिगोबमोजिम जरिवाना सजायको मागदाबी लिएर मुद्दा दर्ता गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर