घुससहित विद्युत प्राधिकरणका फोरम्यान पक्राउ

नेपाल विद्युत् प्राधिकरण इनरूवा वितरण केन्द्र सुनसरीमा कार्यरत फोरम्यान विर्जुकुमार महतो घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट लिएको २५ हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनलाई इनरूवा नगरपालिका वडा नम्बर ३ बाट पक्राउ गरिएको हो।

उद्योगमा विद्युत क्षमता वृद्धि गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर