सशस्त्र प्रहरीद्वारा झण्डै १३ लाख रूपैयाँको चौरीपैठारीका सामान बरामद

सशस्त्र प्रहरीले बाँकेका विभिन्न स्थानबाट झण्डै १३ लाख रूपैयाँको चोरीपैठारीका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३० बागेश्वरी गण बाँके तथा गण मातहतका युनिटहरूले सोमबार बाँके जिल्लाका विभिन्न स्थानबाट १२ लाख ९४ हजार ४ सय २५ रूपैयाँ बराबरको चोरीपैठारीका सामान बरामद गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नेपालगञ्ज उपमहानगरपालिका-१६, चौलिका चोकबाट गणले करिब ३ लाख ३७ हजार ९ सय २० रूपैयाँ बराबरको लत्ताकपडा, किरानाका सामान, १ लाख ४९ हजार ६ सय रूपैयाँ बराबरको हार्डवेयरका सामान बरामद गरेको छ।
यसैगरी प्रस्तावित सीमा सुरक्षा गुल्म (बीओपी जमुनाह) बाँकेले नेपालगञ्ज उपमहानगरपालिका-१५, जमुनाहबाट १ लाख ६२ हजार ९ सय ६० रूपैयाँ बराबरको लत्ताकपडा तथा किरानाका सामान बरामद गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका-१५, पिप्रहवाबाट बीओपी जयसपुर बाँकेले १७ हजार ९ सय रूपैयाँ बराबरको किराना तथा इलेक्ट्रोनिक्स सामान र लत्ताकपडा, बीओपी बढैया बाँकेले जानकी गाउँपालिका-१, शिवपुरीबाट ५ लाख ५० हजार ७ सय रूपैयाँ बराबरको लत्ताकपडा र ५० हजार रूपैयाँ बराबरको ५ सय लिटर घरेलु मदिरा बरामद गरेको छ।
यसैगरी बीओपी खडैचा बाँकेले डुडुवा गाउँपालिका-१, नयाँ बस्तीबाट ३५ हजार ३ सय ४५ रूपैयाँ बराबको सुर्तीजन्य तथा पेयपदार्थ, किराना सामान र बीओपी कट्कुइया बाँकेले नरैनापुर गाउँपालिका-१, सुइयाबाट ४० हजार रूपैयाँ बराबरको लत्ताकपडा तथा बीओपी गंगापुर बाँकेले नरैनापुर गाउँपालिका-१,मटैयाबाट १३ हजार २ सय रूपैयाँ बराबरको ब्रोइलर कुखुराको मासु बरामद गरेको छ।
बरामद सामान नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ भने ब्रोइलर कुखुराको मासु र मदिरा नेपाल प्रहरी, स्थानीयलगायतको रोहवरमा नष्ट गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *