फेरि सर्‍याे बागमती प्रदेशसभा बैठक

आजको लागि तय गरिएको बागमती प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।

यसअघि गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि बस्ने तय गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर