महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय तत्काल हट्दैन : मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले दार्चुला सदरमुकामको महाकाली नदी नियन्त्रण कार्यालय हटाउन लागिएको भन्ने कुरा सत्य नभएको बताएका छन्।

आज प्रतिनिधिसभामा मन्त्रालयअन्तर्गतको प्रश्नोत्तरमा सांसद दिलेन्द्र बडूले सोधेको दार्चुला जिल्लाको सदरमुकाममा महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय योजनाअनुसारको काम पूरा नहुँदै हटाइँदैछ भन्ने कुरा सत्य हो भन्ने प्रश्नमा उनले तत्काल कार्यालय नहट्ने प्रस्ट पारेका हुन्।

उनले भने ‘दार्चुला जिल्लाको सदरमुकाममा महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय महाकाली आयोजनाको काम पूरा नभएर त्यहाँबाट सारिँदैन।’

२०७० सालमा आएको बाढीका कारण महाकाली नदी नजिकको क्षेत्रमा ठूलो क्षति पुगेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *