कोशी प्रदेशमा कि मिल्नु कि चुनावमा जानुको विकल्प छैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा पुनः निर्वाचन हुन सक्ने बताएका छन्।

शनिबार एकीकृत ट्रेड युनियन महासंघको कार्यक्रममा कि चुनावमा जाने कि मिलेर सरकार बनाउने दुई मात्रै विकल्प रहेको बताएका उनले आफ्नो पार्टी निर्वाचनमा जान तयार रहेको संकेत गरे।

‘अब विकल्प कि मिलेर जानु ,कि अरूलाई साथ दिनु कि त चुनावमा जानु हो। हामीलाई त फरक पर्नेवाला छैन। किनभने हाम्रो साथीहरूको हिसाब के छ भने चुनाव भयो भने पनि हाम्रो पार्टीलाई फाइदै हुन्छ,’ उनले भने, ‘अहिले हामीसँग त्यहाँ चार सिट छ। त्यो सिट संख्या बढेर हामीले दोब्बर-तेब्बर ल्याउन सक्छौं भन्ने विश्वासमा छौं। अरू पार्टीहरूकोे सातो गएको छ। यत्रो ठूलो संख्या छ, अर्को पटक त २० भन्दा बढ्दैन भनेर डराएका छन्।’

उनले आफूहरू भ्रष्ट नभएको भन्दै कसैले औंला उठाउँदैमा आत्तिनु नपर्ने टिप्पणी गरे। -नेपाल न्यूज बैंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर