स्रोत नखुलेको २६ लाख रूपैयाँसहित नेपालगञ्ज विमानस्थलबाट कर अधिकृत पक्राउ

नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रूपैयाँसहित एक जना सरकारी कर्मचारी पक्राउ परेका छन्।

विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटालाई सोमबार बिहान साढे ७ बजे पक्राउ गरेको हो।

नेपालगञ्जबाट श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौं आउन लागेका उनलाई विमानस्थलमा चेकजाँच गर्ने क्रममा उनले बोकेको झोलाबाट स्राेत नखुलेकाे २६ लाख रूपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए।

उनलाई थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको छ।

सापकोटासँगै रहेका अर्का कर्मचारी दीपक पौडेल भने भाग्न सफल भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *