गृहका १० सहसचिवको सरूवा : अध्यागमनको डीजीमा तामाङ, ६ जिल्लाका सीडीओ फेरिए

गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रूद्रसिंह तामाङको सरूवा गरेको छ । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीको सरूवा मन्त्रालय भएको थियो।

तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदीको पनि सरूवा भएको छ । सुवेदीलाई दाङको सीडीओ बनाइएको छ ।

उता दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई सरूवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरूवा गरिएको छ ।

रूपन्देहीका सीडीओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ भने गृह मन्त्रालयका सहसचिव गणेश अर्याल लाई रूपन्देहीको सिडियोमा सरूवा गरिएको छ। त्यसैगरी मन्त्रालयमा सहसचिव शिवराम गेलाललाई महोत्तरीको सीडीओमा सरूवा गरिएको छ । महोत्तरीका सीडीओ दीपककुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरूवा गरी बागलुङकी सीडीओ रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको सीडीओ बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर