सुवास नेम्वाङ हितैषी मित्र र सुख-दुःखको साथी हुनुहुन्थ्यो : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई हितैषी मित्र र सुख-दुःखको साथीका रूपमा स्मरण गरेका छन्।

मंगलबार नेम्वाङको निधनपछि सामाजिक सञ्जाल फेसबुकमा उनले नेम्वाङलाई मृदुभाषी, विनम्र, शालीन व्यक्तित्वका रूपमा सम्झिएका छन्।

उनले लेखेका छन्,‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख-दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनुभएको योगदान सधैं सम्झिरहने छौं। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी!’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर