घुससहित प्रधानाध्यापक पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बर्दियाको राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुससहित पक्राउ गरेको छ।

हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको १४ हजार ५०० रूपैयाँ घुससहित उनलाई मंगलबार पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

अख्तियारको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उपाध्यायलाई राजापुर नगरपालिका वडा नं. ४ स्थित सरस्वती भवन नजिकबाट पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *