सुवास नेम्वाङकाे निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

सरकारले नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा दिएको छ ।

मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको हाे।

नेम्वाङको सोमबार बिहान हृदयघातका कारण शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो।

उनकाे बिहीबार अन्त्येष्टि गरिने छ भने अन्त्येष्टिमा राजकीय सम्मान दिने निर्णय मंगलबार नै सरकारले गरेकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर