सुवास नेम्वाङको पार्थिव शरीर दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा रहने

नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधासभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।

नेकपा (एमाले) पार्टी कार्यलयका अनुसार हिजोदेखि पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरीर आज दिउँसो १ बजेपछि घरमा लगिने जनाइएको छ ।

पार्थिव शरीर घरमा लगेर मुन्धुम संस्कृतिअनुसार अन्तिम श्रद्धाञ्जली दिइनेछ ।

घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिएपछि भोलि बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर