‘एक भागवत् र एक गीता’ आजदेखि प्रदर्शनमा

सुनिलकुमार थापाको निर्माण तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ आजदेखि प्रदर्शनमा आएको छ ।

आउँदो हरितालिका तीजलाई लक्षित गर्दै चलचित्र ‘एक भागवत् र एक गीता’ प्रदर्शनमा ल्याइएको हो ।

चलचित्रमा अभिनेता विपिन कार्कीले सामाजिक प्रेमकथामा ‘कमलामाई’ को भूमिकामार्फत यौनिक लैंगिक अल्पसंख्यक समुदायको जीवनलाई प्रस्तुत गरेका छन् ।

अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रमा सरिन पोखरेल, परिच्छेद सेन, पुरूषोत्तम ढुंगेलले पटकथा, राजेश श्रेष्ठले छायांकन, मित्र डी गुरूङले सम्पादन तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर