सेनाको रिपुमर्दिनी पेट्रोल स्टेशनमा हिमालयन बैंकको डिजिटल भुक्तानी काउन्टर

हिमालयन बैंक लिमिटेडले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेशनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।

२७ भदौमा उक्त काउन्टरको बैंकका नायब प्रमुख कार्यकारी उज्ज्वल राजभण्डारी र सैनिक कल्याणकारी कोषका सहायक रथी किरण केसीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

पेट्रोल स्टेशनमा आउने ग्राहकको सुविधालाई मध्यनजर गर्दै उक्त काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

सो पेट्रोल स्टेशनबाट सवारी साधनमा इन्धन भरेबापत ग्राहकहरूले विभिन्न बैंकको मोबाइल बैंकिङ एपमा रहेको नेपाल पे क्यूआर तथा सबै बैंकबाट जारी भएको एटीएम कार्डमार्फत पीओएस मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर