टीभीएसद्वारा च्याम्पियन्स एक्सचेन्ज मेला आयोजना

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले च्याम्पियन्स एक्स्चेन्ज मेला आयोजना गरेको छ । साेमबारदेखि काठमाडाैंकाे भृकुटीमण्डपमा आयोजित यो मेला असोज ६ गतेसम्म चल्ने छ । यस भव्य मेलामार्फत ग्राहकहरूले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरू पाउने कम्पनीले जानकारी दिएको छ ।

यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुईपाङ्ग्रे सवारी साधन लिँदा बजार मूल्याङ्कनभन्दा १० हजार रूपैयाँ बढी मूल्य पाउने छन् । मेलामार्फत नै उपभोक्ताले कम्पनीद्वारा दशैँ तथा तिहारका सुअवसरमा सार्वजनिक ‘हर मोडमा उमंग’ योजनाअन्तर्गत नकिन्दै १ लाख र किन्दा नगद ५ लाख रूपैयाँसम्मको नगद छुट पनि पाउन सक्ने व्यवस्था रहेको छ ।

साथै हरेक महिना लक्की ड्रमार्फत शतप्रतिशत क्याशब्याक पनि जित्न सक्नेछन् र एक भाग्यशाली विजेतालाई बम्पर उपहार १० लाख रूपैयाँको नगद पुरस्कार उपलब्ध गरिने जनाएको छ ।

यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जसअन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र शून्य प्रतिशत ब्याजदरको ईएमआईमा इच्छुकले बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन् । यसबाहेक ग्राहकहरूले हेलमेट, बाइक कभर, र ब्यागजस्ता आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्ने छन् ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरूको उपलब्धताका कारण टीभीए नेपालको सर्वाधिक रुचाइएको दुईपाङ्ग्रे ब्राण्डका रूपमा स्थापित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर