
माेबाइल बैंकिङ ह्याक गरेर ६ लाख रूपैयाँ ठगी, एक जना पक्राउ


सिमकार्ड डुप्लिकेसन गरी रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-६ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२, नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवालीलाई प्रहरीले पक्राउ गरेको हो।
पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गरी मोबाइल बैंकिङ एक्टिभ गराई पीडितको बैंक खाताबाट विभिन्न बैंक खाता तथा वालेटहरूमा पटक-पटक गरी ६ लाख २ हजार ५ सय ४८ रूपैयाँ ट्रान्सफर गरी ठगी गरेको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई ठगीसम्बन्धी कसुरमा अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।
प्रतिक्रिया