सहायक रथी यमबहादुर अधिकारीको खारेज हुने पदको म्याद थपियो

सरकारले आफ्नै पूर्व निर्णयलाई संशोधनगर्दै पूर्व लडाकुबाट समायोजन भएर विशेष पदमा बढुवा भएका सहायक रथी यमबहादुर अधिकारीको पदावधि थपेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको कार्यकालमा एक पटकका लागि भनेर थपिएको नेपाली सेनाको सहायक रथी (ब्रिगेडियर जनरल) पदको पदावधि थपिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा सत्तारूढ गठबन्धनले नेपाली सेनामा चार वर्षपछि स्वतः खारेज हुने गरी सिर्जना गरेको सहायक रथीको विशेष पदको मन्त्रिपरिषदबाट विशेष निर्णय गरेर लम्ब्याएको हो ।

रक्षा मन्त्रालयस्थित विश्वस्त स्रोतका अनुसार तत्कालीन जनमुक्ति सेनाका लडाकु यमबहादुर अधिकारी ‘प्रतीक्षा’ लाई नेपाली सेनाको सहायक रथीमा पदावधि थप्ने प्रस्तावमा सकारकाले निर्णय गरेको हो ।
यद्यपी, यो निर्णय कुन मन्त्रिपरिषद् बैठकले गरेको हो सार्वजनिक गरिएको छैन् । सहायक रथी अधिकारीको म्याद भदौं मसान्तसम्म मात्र थियो ।

सैनिक नियमावलीअनुसार सहायक रथीको पदावधि तीन वर्षसम्म थप्न सकिन्छ । अघिल्लो मन्त्रिपरिषदले चार वर्ष पदावधि र एक पटकलाई भनेर सहायक रथी पद सिर्जना गरेको थियो ।

तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन गरिएका अधिकारीलाई ३१ भदौ २०७६ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको नेकपा (माओवादी केन्द्रसहित) सरकारको मन्त्रिपरिषद बैठकले सहायक रथीमा बढुवा गरेको थियो । सरकारले विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथीमा पदोन्नति गरिएको त्यसबेला बताइएको थियो । चार वर्षको पदावधि सकिएपछि उनको पद स्वतः खारेज हुने दाबी सरकारको थियो ।

तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि गरिएको समायोजनका क्रममा उपसेनानीमा नियुक्त गरिएका अधिकारीलाई त्यसको केही समयमै महासेनानी (कर्णेल) बनाइएको थियो । तत्कालीन विद्रोही नेकपा माओवादी शान्ति प्रक्रियामा आएसँगै बृहत् शान्ति सम्झौताअनुसार संयुक्त राष्ट्रसंघीय मिशन अनमिनले प्रमाणीकरण गरेका १९ हजारभन्दा बढी लडाकुमध्ये १४ सयभन्दा बढी नेपाली सेनामा समयोजन भएका थिए ।

तीमध्ये राजनीतिक सहमतिअनुसार तालिममा सहभागी ७१ जना पूर्वलडाकु सबैलाई नौमहिने तालिम दिएर उपसेनानी (लेफ्टिनेन्ट), त्यसपछि तीनमहिने विशेष तालिम गराएर सहसेनानी ९क्याप्टेन० र सेनानी (मेजर) मा बढुवा गरिएको थियो । तीमध्ये तीन जनालाई गणपति तालिम दिएर प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) र गणपति तालिमपछि प्रमुख सेनानी बनेका तीन जनामध्ये अधिकारीलाई महासेनानीमा बढुवा गर्न नेपाली सेनाले सरकारसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया

2 thoughts on “सहायक रथी यमबहादुर अधिकारीको खारेज हुने पदको म्याद थपियो

  1. किन म्याद मात्र थपेको होला? बढुवा गरेको भयपनि कसले बिरोध गर्थ्यो र!

  2. किन म्याद मात्र थपेको होला? बढुवा गरेको भयपनि कसले बिरोध गर्थ्यो र!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर