नापी कार्यालय लहानका अमिनविरूद्ध भ्रष्टाचार मुद्दा

सिरहाको लहानस्थित नापी कार्यालयमा कार्यरत अमिन (करार) दीपरञ्जन यादवविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

जग्गाधनी पुर्जा बनाउन सेवाग्राहीसँग घु लिएको पुष्टि भएपछि उनीविरूद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानारी दिए।

अख्तियारको बर्दिवास कार्यालयको टोलीले अमिन यादवलाई गत भदौ ५६ गते सेवाग्राहीसँग १० हजार रूपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा यादवले जग्गाको कित्ताकाट गरी जग्गाधनी दर्ता प्रमाणपुर्जासमेत बनाउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको देखिएको अख्तियारको दाबी छ।

उनीविरूद्ध १० हजार रूपैयाँ बिगो कायम गरी कैद सजाय र बिगोबमोजिम जरिवानाको मागदाबी लिएर मुद्दा दर्ता गरिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर