सुनको सिक्री लुटपाट आराेपमा दुई भारतीयसहित चार जना पक्राउ

महिलाले घाँटीमा लगाएका सुनको सिक्री लुटपाट गर्ने चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा बागबजार घर भई सीतापाइला बस्ने ४४ वर्षीय सूरज गुरूङ, पर्सा वीरगन्ज घर भई हाल क्षेत्रपाटी बस्ने ४८ वर्षीय अनवर हुसेन अन्सारी छन् । साथै अन्य दुई जना भारतीय नागरिकहरू पश्चिम बङ्गालका ४७ वर्षीय शक्ति भौमिक र महाराष्ट्र राज्य सोलापुरका ३० वर्षीय सचिन गाड्वे रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार गत भदौ २५ गते उनीहरूले कुलेश्वर आवास क्षेत्र नजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी काभ्रे पाँचखालकि अफ्सरा श्रेष्ठको घाँटीमा लगाइराखेको अन्दाजी दुई तोलाको लकेटसहितको सिक्री लुटपाट गरेका थिए । अनुसन्धानका क्रममा काठमाडौँ महानगरपालिका-२८, बागबजार घर भई हाल सीतापाइला बस्ने ४४ वर्षी सूरज गुरूङसमेतका मानिसहरूको संलग्नता रहेको भन्ने खुल्न आएपछि उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूलाई लुटपाट गरी लगेको सुन तथा प्रमाण लाग्ने अन्य दसीका सामानहरूसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर