बागमती नदीमा रातको २ बजे सशस्त्रको ‘अपरेशन रेस्क्यु’

सशस्त्र प्रहरी बल, नेपालले बुधबार बिहान २ बजे बागमती नदीबाट एक ब्यक्तिको सकुशल उद्दार गरेको छ । काठमाडौको दक्षिणकाली नगरपालिका ८ कटुवाल दहस्थित बागमती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने ४० बर्षका रामबहादुर लामाको उद्दार गरेको हो ।

पानीको बहाव कम भएको बेला नदी पारी गएका लामा बहाब बढेसंगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए । यस विषयमा खबर प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० बिपद् उद्दार उपत्यका गणबाट गोताखोर सहितको ९ जना र सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण किर्तिपुरबाट गएको १५ जना सहितको सुरक्षाफौजले रातको समयमा उनको सकुसल उद्दार गरेको हो ।

मोटरबोट सहित गएको फौजले रोप रेस्क्यु र अन्य बिधिको प्रयोग गरि उद्दार गरेपश्चात लामालाइ आफन्तको जिम्मा लगाइएको बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापा जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *