कांग्रेसले चाहे शिक्षा विधेयक सच्चिन्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले चाहेमा शिक्षा विधेयक सच्याउन सकिने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित नेपाल मुस्लिम संघ तेस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा उनले संसदको सबै भन्दा ठूलो पार्टी कांग्रेस भएकोले सच्याउन चाहे शिक्षा विधेयक सच्चिने बताएका हुन्।

उनले भने,‘तपाईंहरूले केही महत्त्वपूर्ण कुरा उठाउनुभएको छ जुन शिक्षासँग सम्बन्धित छ। हामी संसदको सबैभन्दा ठूलो पार्टी हामीले सच्याउँदै गर्दा विधेयक सच्चिन्छ, यसलाई हामीले सच्याउनुपर्छ। कानूनसँग जोडिएका कुराहरू छन्।’

उनले कांग्रेसभित्र नै प्रतिनिधित्वको विषयमा केही कुराहरूमा सुधार गर्नुपर्ने बताए। देशभरि एकता र सद्भाव कायम गर्नु नै कांग्रेसको धर्म भएको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर