मुलुकलाई भ्रष्टाचारबाट मुक्त गर्न प्रतिबद्ध छौं : मन्त्री गुरूङ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले भ्रष्टाचार नियन्त्रण गरेर मुलुकलाई सुशासनतर्फ लैजान सरकार प्रतिबद्ध रहेको बताएका छन्।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सबै भ्रष्टाचारको दलदलबाट मुलुकलाई मुक्त गर्ने चाहना रहेको भन्दै भ्रष्टाचारलाई नियन्त्रण गरेर मुलुकलाई सुशासनतर्फ लैजान सबै एकाकार र प्रतिबद्ध रहेको बताएका हुन्।

उनले भने, ‘हामी कोही पनि यो मुलुकलाई भ्रष्टाचारको दलदलमा फसाइरहन चाहँदैनौं र भ्रष्टाचारको दलदलबाट यो मुलुकलाई मुक्त गर्न चाहन्छौं। हामी सबै जना भ्रष्टाचारलाई नियन्त्रण गरेर मुलुकलाई सुशासनतर्फ लैजान हामी सबै एकाकार पनि छौं र प्रतिबद्ध पनि छौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर