पोल्याण्ड पठाइदिने भन्दै २७ लाख बढी ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ

वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ परेका छन्।

चितवनको भरतपुर महानगरपालिका-६ घर भई काठमाडौंको बसन्धारामा राप्ती प्यालेसमेन्ट म्यानपावर सञ्चालन गर्दै आएका ४२ वर्षीय रवीन्द्र अधिकारी पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनले पोल्याण्ड पठाइदिन्छु, त्यसका लागि प्रतिव्यक्ति १२ लाख रूपैयाँ लाग्छ, पोल्याण्ड पुगेपछि प्रतिष्ठित फुड प्याकिङमा काम लगाइदिन्छु, मासिक एक लाख रूपैयाँ तलब हुन्छ भनी पीडितहरूलाई प्रलोभनमा पारेका थिए।

यसरी प्रलोभनमा पारेर ४ जनाबाट पटक-पटक गरी २७ लाख २५ हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार दिउँसो बसुन्धाराबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *