पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर

पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। सोमबार विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले श्रेष्ठलाई अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले श्रेष्ठसहित उनकी श्रीमती र छोरालाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो।

अख्तियारले श्रेष्ठविरूद्ध ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रूपैयाँ ९८ पैसा बिगो दाबी गरेको थियो।

श्रेष्ठ खिलराज रेग्मी नेतृत्वको सरकारमा पर्यटन, शान्ति तथा खेलकुदमन्त्री थिए। उनी तत्कालीन माओवादीको कोटाबाट रेग्मी नेतृत्वको चुनावी सरकारमा २०६९ चैतदेखि २०७० माघसम्म मन्त्री भएका थिए।

मन्त्रीअघि श्रेष्ठ सचिव थिए। २०२६ सालमा शिक्षकबाट सरकारी सेवा प्रवेश गरेका उनी २०३६ सालमा शाखा अधिकृत नियुक्त भएका थिए। उनले २०६४ सालमा सचिवबाट अवकाश पाएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *