रोकिएन सुन तस्करीः दोलखाबाट चार किलो सुन बरामद, तीन पक्राउ

प्रहरीले संगठित रुपमा हुने सुन तस्करीको अनुसन्धान जारी राखेका समयमा यसका तस्करहरुले भने विभिन्न नाका र हवाई मार्ग भएर यसलाई निरन्तरता दिइरहेको खुलेको छ ।

प्रहरीले बुधबार राती दोलखाको सिँगटीबाट करिब चार किलो तस्करीको सुन बरामद गरेको छ  । बुधबार राति प्रहरीले करिब चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।

दोलखाका प्रहरी प्रमुख डीएसपी दीपक खड्काका अनुसार इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले सुन बरामद गरेको हो ।

लप्ची नाकाको लामाबगर हुँदै तस्करहरूले सुन भित्र्याएको अनुमान गरिएको छ । ‘करिब चार केजी सुनसहित तीनजना पक्राउ परेका छन्, अहिले मुचुल्का उठाइएको छ,’ डिएसपी खड्काले भने, ‘आज सार्वजनिक गर्छौँ ।’ एक साताअघि मात्रै दोलखाको लप्ची नाका खुला गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर