मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बेस्डरमा अभिनेत्री वर्षा सिवाकोटी

सूर्य नेपाल प्रालिको उत्कृष्ट उत्पादन मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बेस्डरमा नायिका वर्षा सिवाकोटी नियुक्त भएकी छिन् ।

नेपालमै सर्वाधिक रूचाइएको अगरबत्ती ग्राहकहरूको आवश्यकतालाई आत्मसात गरी विभिन्न सुगन्ध तथा प्याक साइजहरूमा उपलब्ध छ ।

आफ्ना उत्पादनलाई अझ सशक्त रुपमा ग्राहकहरूमा पुर्‍याउन तथा आफ्नो उत्पादनहरूको प्रवर्द्धन गर्न सिवाकोटीसँगको सहकार्यले मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनयमार्फत चर्चामा रहेकी सिवाकोटीको साथमा कम्पनीले विभिन्न प्रचारमुखी योजनाहरूका साथै मंगलदीप सयपत्रीको नयाँ टेलिभिजन विज्ञापन पनि सार्वजनिक गरेको छ ।

अभिनेत्री सिवाकोटीले आफू पनि पूजा तथा अध्यात्ममा विश्वास राख्ने व्यक्ति भएकाले मंगलदीपजस्तो गुणस्तरीय ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् ।

मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, चन्दन ल्यावेंडर, ज्यासमिन, पुष्पाञ्जली, त्रेया, त्रिसारा, इन्द्रेणी, सयपत्रीलगायतका उत्पादनहरू बजारमा उपलब्ध छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर