सूचनाको हकलाई दुरूपयोग गर्ने प्रयत्न भइरहेका छन् : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सूचनाको हकलाई असर पार्ने ढंगले हुने प्रजारबाजीलाई नियन्त्रण गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलनमा उनले सूचनाको हकलाई दुरूपयोग गर्ने प्रयत्नहरू भएको बताए।

उनले भने, ‘सूचनाको हकलाई दुरूपयोग गर्ने प्रयत्नहरू भएका छन्। चर्चा-परिचर्चामा सूचनाको हकलाई असर पार्ने ढंगबाट हुने प्रचारलाई नियन्त्रण गर्नुपर्छ।’

विगतको प्रतिबन्धलाई तोडेर पनि सूचना प्रवाह गर्ने कुराहरूमा हिजोका गलत परिपार्टी र प्रणालीलाई सुधार गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ। सभामुख घिमिरेले प्रजातन्त्रको स्थिरता र समृद्धिका लागि सबै निकायहरूले जवाफदेही ढंगले काम गर्न सकून् भन्ने अर्थमा सञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *