डेढ लाख रूपैयाँ घुससहित मालपोत कार्यालयका नासु र खरिदार पक्राउ

भूमिसुधार तथा मालपोत कार्यालय, इनरूवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारी १ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।

जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

घुस रकमसहित इनरूवा नगरपालिका वडा नं. ३ मालपोत चोकबाट शुक्रबार नियन्त्रणमा लिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *