यानीति साहित्य पुरस्कार डा. दामोदर पुडासैनीलाई

स्याङ्जा साहित्य प्रतिष्ठान, स्याङ्जाले यो सालको यानीति साहित्य पुरस्कार डा. दामोदर पुडासैनीलाई प्रदान गरेको छ ।

सो अवसरमा डा. पुडासैनीलाई दोसल्ला ओढाई नगद पुरस्कार र सम्मानपत्रसहित सम्मान गरिएको थियो । स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षता, प्रा. डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यता एवं पुरस्कार संस्थापक तुलसी गिरी एवं कृष्ण गिरीको उपस्थितिमा डा . पुडासैनीलाई उक्त पुरस्कार अर्पण गरिएको थियो ।

सो अवसरमा प्रमोद पंगेनीनीद्वारा सम्पादित ‘द्रष्टाका दृष्टिमा श्रष्टा विश्वप्रेम अधिकारी’ पूर्णप्रसाद अधिकारीद्वारा लिखित ‘अनुरञ्जन आफैंभित्र’ र चिन्तु गिरीको ‘आमा जन्मेको देश’ कृतिहरूको विमोचनसमेत गरिएको थियो ।

साहित्यकार प्रमोद पंगेनीले उक्त कार्यक्रम सञ्चालन एवं संयोजन गरेका थिए ।

यानीति पुरस्कार स्याङ्जा जिल्लाका प्रसिद्ध समाजसेवी यादव गिरी र उनका दुई पत्नीहरू नीलकण्ठ गिरी र तिलकुमारी गिरीका नाममा उनका छोराहरू तुलसी गिरी, कृष्ण गिरी र विश्वेश्वर गिरीले स्थापना गरेका हुन् ।

उक्त पुरस्कार देशको साहित्यिक क्षेत्रमा योगदान दिने स्रष्टालाई प्रदान गर्ने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर