दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

वैदेशिक रोगारीका लागि दुबई पठाइदिन्छु भनी तीन लाख रूपैयाँ रकम ठगी गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा अर्घखाँची भूमिकास्थान नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ काडाँघारी बस्ने ३२ वर्षीय अशोक भट्टराई रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार उनले अजयकुमार महतोलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने र त्यसका लागि तीन लाख पाँच हजार रूपैयाँ लाग्ने एवं दुबई पुगेपछि वाइक राइडरमा काम लगाइदिने भनी प्रलोभनमा पारेका थिए।

पीडितबाट पटक–पटक गरी तीन लाख रकम लिएका उनलाई आज दिउँसो नयाँ बानेश्वरबाट पक्राउ प्रहरीले जनाएको छ।

निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर