शैक्षिक प्रमाणपत्र नक्कली आरोपमा शिक्षकविरूद्ध भ्रष्टाचार मुद्दा

शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा एक जना शिक्षकविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

कैलालीको घोडाघोडी नगरपालिका-२, साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयमा राहतमा कार्यरत शिक्षक महेश शाहविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो।

उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

उनले इन्टरमिडियटको नक्कली सर्टिफिकेट पेस गरेर अध्यापन गरिरहेको पाइएको अख्तियारको ठहर छ।

शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडियट एजुकेसन, युपी राजकीय हुसेनवाद इन्टर कलेज भारतको शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएका थिए।

उक्त शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेपछि उनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको भन्दै सोही अनुसारको सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *