बारीमा ढुंगाले थिचेकाे अवस्थामा दोलखाबाट थप ४ किलो सुन बरामद

दोलखामा तस्करीको थप ४ किलो सुन बरामद भएको छ। चिनियाँ नाकाबाट तस्करी गरेर भित्र्याएको थप ४ किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार विगु गाउँपालिका-१, लामाबगरमा बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा आइतबार दिउँसो उक्त सुन बरामद भएको हो। सुन लुकाउने व्यक्ति फरार रहेकाले प्रहरीले उनको खोजी गरिरहेको छ।

यसअघि विगु गाउपालिका-३, जामुनेबाट प्रहरीले चीनबाट अवैध रूपमा ल्याएको सुन बुधबार ४ किलो र शुक्रबार ३ किलो बरामद गरेको थियो। आइतबार थप ४ किलोसहित प्रहरीले यसबीच ११ किलो सुन बरामद गरेको छ।

यसअघि पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दै जाँदा प्रहरीले तस्करीको थप सुन बरामद गरेको हो। सुन तस्करी गरेको आरोपमा हालसम्म सात जना पक्राउ परेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर