स्रोत नखुलेको १० लाख रूपैयाँसहित काठमाडौंमा एक भारतीय पक्राउ

काठमाडौंमा स्रोत नखुलेको १० लाख रूपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला, जित्ना थाना घर भएका ४० वर्षीय रूपेशकुमार गुप्ता छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान २:३० बजे काठमाडौं महानगरपालिका-२७, ज्याठास्थित सडक खण्डमा आकास्मिक चेकप्वाइन्ट राखेर सवारीसाधन चेकजाँज गरिएको थियो।

सो क्रममा ज्याठा चोकबाट सञ्चयकोषतर्फ शंकास्पद अवस्थामा गइरहेको बा ९१ प ९९५८ नम्बरको अप्रिला कम्पनीको स्कुटरलाई रोकेर चेकजाँच गरिएको थियो।

स्कुटरको डिकीभित्र लुकाईछिपाई राखेको कालो रङको झोलाभित्र स्रोत नखुलेको हजार दरका ५ लाख र पाँच सय दरका ५ लाख रूपैयाँ फेला परेको हो।

बरामद रकमसहित पक्राउ परेका गुप्तालाई थप अनुसन्धान एवं कारबाहीका लागि आइतबार राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *