पोखराबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दाङमा दुर्घटना, १४ जना घाइते

पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको यात्रुवाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’ मा बस दुर्घटनामा परेको हो । बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले बताए ।

घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक रामेछाप सुनपति गाउँपालिका-३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बसमा १६ जना यात्रु थिए । तीमध्ये दुई जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर