एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा

नेकपा (एमाले) कोशी प्रदेशको अध्यक्ष पदमा घनश्याम खतिवडा निर्वाचित भएका छन्।

एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको आज बिहान सार्वजनिक गरिएको मतपरिणामअनुसार उनले पाँच सय १२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी एमाले नेता विनोद ढकालले चार सय ३० मत प्राप्त गरेका छन्।

यस्तै सचिवमा राजकुमार भण्डारी र उपसचिवद्वयमा जलवर्षा राजवंशी र देवान राई निर्वाचित भएका छन्। उपाध्यक्षमा टीकाराम चेम्जोङ यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।

अन्य सदस्यको मतगणना जारी रहेको निर्वाचन कमिटीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर