सशस्त्र प्रहरीद्वारा सिरहामा करिब ८० लाख रूपैयाँ बराबरको लत्ताकपडा बरामद 

सशस्त्र प्रहरीले सिरहामा करिब ८० लाख रूपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ। सिरहा नगरपालिका-१८ स्थित तारापट्टीबाट मंगलबार उक्त लत्ताकपडा बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार भारतबाट अवैध रूपले ल्याएर लुकाइछिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहा र बोर्डर आउट पोष्ट (बीओपी)  लगडिगदियाले ७८ पोका लत्ताकपडा बरामद गरेको हो।

स्थानीयवासीको तीनवटा गाई गोठको टहरामा लुकाइराखेको उक्त लत्ताकपडा कहिले र के प्रयोजनका लागि कसले राखेको भन्ने खुल्न सकेको छैन।

पछिल्लो समय नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी अवैध गतिविधि र तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै सशस्त्र प्रहरी बल, नेपाल विशेष योजनाका साथ सीमामा परिचालित भएको छ।

बरामद लत्ताकपडा आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *